सिआईबीले किन पक्राउ गरेको थियो दिलिप सिंह बिष्ट लाई
हेर्नोस उनको बयान 

चर्चित निर्मला पन्त बलात्कार र हत्या को अनुसन्धान बिभिन्न तह बाट हुँदै गर्दा बलात्कार को आरोप लागेका तर डिएनए टेस्ट बाट चोखिएका दिलिपसिंह बिष्ट लाई प्रहरी ले किन र के कारण पक्रेको थियो भन्ने बयान सहित को भिडियो धरहरा टिभीको हात परेको छ ।

उक्त बयान पछी प्रहरीले बिष्टलाई आरोपीको रूपमा सार्वजनिक  गरेकोथियो ।

तथापी निर्दोष  ब्यक्ती अन्याय मा नपरोस भनेर उनको डिएनए टेस्ट गराएको सिआइबीले जनाएको थियो । डिएनए नमिले पछी उनि तारेखमा छोडिएका थिए ।

भिडले, नीलम्बित एसपि बिष्ट , उनका छोरा र मेयरका भतिजको डिएनए टेस्ट गर्न माग गरेको पछी उनिहरुको पनि डिएनए टेस्ट गरिएको थियो ।तर उनिहरु कसैको मेल खाएन ।

व्यक्तिगत रूपमा अनुसन्धान अधिकृतहरुको हुर्मत लिने,बयान र नीलमबन  गर्ने गराउने कार्य भए पनि, यो भिडियो बिष्टलाई नियन्त्रणमा लिनुपर्ने कारण लाई पुष्टीगर्छ ।जारी गरिएको उक्त डिएनए टेस्टलाई नै चुनौती दिएको छ ।

कतै हाम्रो परिक्षण र प्रणाली मै खराबी छ कि? किन त्यता ध्यान न दिने भन्ने गम्भीर प्रष्न  खडा भएकोछ ।

Comments