नेपाली म्युजिक भिडियोको क्षेत्रमा उदायमान निर्देशक लोकेश बोहराले "दिलकी रानी" नामक आधुनिक गीती एल्बम बजारमा ल्याएका छन्। बैतडी जिल्ला पाटन नगर पालिका वडा न. ७ जमकट्टेमा जन्मी काठमाण्डौलाई कर्म थलो बनाएका  बोहराले धेरै गीतमा शब्द संगीत पनि गरेका छन्। आफैले शब्द संगीत गरेको गीतमा निर्देशन गर्न सजिलो भएको अनुभव सुनाउछन निर्देशक बोहरा। उक्त भिडियोमा अस्मिता लामिछाने र ससान्तले जिवन्त अभिनय  गरेका छन्। माया प्रेमका कुरा समेटिएको उक्त गीतमा  उत्तम हुमागाइको छायाङ्कनमा निर्माण गीत सबै पक्षमा सवल देखिन्छ्। भर्खरै बजारमा आएको उक्त गीतले दर्शक श्रोताको मन जित्ने अपेक्षा राख्छन निर्देशक लोकेश बोहरा ।

Comments