हरितालीका तिज भित्रिदै गर्दा  सयौं तिज गीत टेलीभीजन युटुभ मार्फत बजारमा आएका छन। छुट्टै प्रकारका गीतहरुले बजार खाईरहेका बेला भृङगेश्वरी म्युजिक प्रा.ली को प्रस्तुतीमा रामकुमार बस्नेत र टिका पुनको कमेडि तिज गीत ‘२ माना दुध’ बजारमा आएको छ।प्रदिप कंडेलको शब्दमा तयार भएको उक्त गितमा पहिला दुई पोका दुध राखिएको थियो तर रेकडिङकै समयमा  दुई पोकामा विवाध आए पछि दुई माना राखि अडियो भिडियो तयार गरीएको छ। यस गीतमा नारायण पाण्डेको संगीत र लोकनाथ सापकोटाको एरेञ्ज समावेश छ। समाजका यथार्थ घटनालाई गीतमा उतारीएको छ । व्यङय तरिकाले निर्माण गरीएको  गीतमा मदन खड्काको निर्देशन र टंक केसि को छायाङकन रहेको छ। विकाश ज्ञवालीको सम्पादनमा निर्माण भएको गीतमा प्रदिप कंडेल ,जितेन क्षेत्री,अञ्जु अधिकारी र ममता चौधरीले दमदार अभिनय गरेका छन। उत्त गीतले दर्शक श्रोताको मन छुने अपेक्षा गरीएको छ।

Comments