९० डिग्री सिधा उभिएको सरकार १८० डिग्री झुकेर केसीका सतप्रतिशतमाग पुरागर्न सहमत

 

९० डिग्री सिधा उभिएको सरकार
अन्तत: १८० डिग्री झुकेर गोबिन्द केसीका सत प्रतिशत माग पुरा गर्न सहमत भएको छ, कागजमा ।
ब्यबहारमा कती लागू हुन्छ त्यो त निकट भबिश्यले देखाउने नै छ ।
यध्यपी नेकपाका नेताहरु अझै काङ्रेसले षडयन्त्र गर्दै गेरेको र आफुहरुले सहमतिगरेर यूद्ध जितेको स्वाङ पार्न छोडेका छैनन ।
आखिर निशर्त झुक्नु नै थियो भने बिपक्षीलाई मुद्दा र सदनलाई किन बेरोजगार बनायो सरकारले ?

बिपक्षीले आरोप लगाउदै आएको यौटा शब्द "केपी ओलिमा दुइ-तिहाइको दम्भ" देखियो, केसीको सत्याग्रहमा ।र, त्यो दम्भ पनि झुकेर पाउ पर्‍यो केसिको ।
प्रधानमन्त्रीका यी  भाषणले त त्यही ईङ्गित गरीरहेका छन 


आखिर सबै माग जायजै रहेछन्,त शुरुमै किन बुझेन सरकार ?
के शाशन चलाउन आउडैन ?
या विज्ञ र सल्लाहकार छैनन  जस्ले गुण र दोष खुट्यार सरकारलाई सुझाब दिन्नन ?
या प्रम ओलि कसैलाई टेर्दैनन ?
वा सामाजिक सञ्जाल मा सरकारको बचाउमा उतारिएका खेताला,गोठाला, कामदारहरुले गरेका टिप्पणी वा तर्क हेरेर प्रमलाई सुझाइन्छ ?मख्ख पारिन्छ र भ्रम भित्र राखिन्छ ?
या निस्पक्क्ष आलोचनालाईपनि काङ्ग्रेसी क्याटागोरीमा राखिन्छ ?

या सल्लाहकार जती सबै भक्तिभाब,चाकरी,र भजन मण्डलीबाट छान्ने प्रबृत्तिको नतिजा हो यो ?

के सरकारले आफ्ना कार्यकर्तालाई जागिर दिन अरु ठाँउ देख्दैन ? कमसेकम ओलि जस्ता"झुक्नै न चाहने", अरुको कुरै न सुन्ने नेताको १८० डिग्री झुकाईले केहि त सिकाएकै होला ।

यदी यो चेत र नतिजा आँकलन गराने कोही भैदिएको भए ओलि को "डुक्र्‍याई बिहान खेतमा जाँदा र बेलुकी फर्किदा" एउटै हुने थियो ?

केसीजस्ते निस्वार्थ मान्छेका निमित्त आफ्नो आगत र बिगत भुलेर प्रचण्ड जस्ता नेता  किन अरु माथी जाईलागे त्यो बुझी नसक्नु नै छ ।
आज जे जस्तो अवस्था र हुङ्कार प्रचण्डमा पलायो त्यस्को सिढी काङ्रेस बनेकै हो ।
नभए प्रचण्डको नतिजा सबैले देखेकै हुन । उन्ले यसरि बिपक्षी लाई "लास को राजनिति" सिकाई रहँदा आफ्ना हरेक पाईलामा नेपालीका रगत टेकिएको एक झाट्कैमा भुले ।यो पनि दम्भको अर्को नमुना बन्यो ।
तर, फेरी केसी कै माग मा १८० डिग्री लम्पसार पर्न ४/५ दिन पनि कुर्नु परेन ।"केसी को काम नै अनसन बस्नु हो"भन्ने प्रचण्ड अहिले अब कुन काम दिन्छन्, हेर्न बाँकी छ ।



काङ्रेसको त कुरै के गर्नु ।
सत्तामा हुँदा दलाल, कमिसन खोर्, भ्रष्टको सिँढी बन्ने र सत्ता खुस्किन साथ जनाताका समस्या पत्ता लाउने ?
के २०४८ देखी हल सम्म काङ्ग्रेस ले मुलुक को जग हाल्नु पर्दैन ?
के गोबिन्द केसी का माग आफु सत्ता मा हुँदा सुन्नु र कार्यान्वयन गर्नु पर्दैन
के नेतृत्व र नेताका आलिसान महल्,बिलासी जिवन दिलाउन काङ्ग्रेस भन्ने पार्टी बनेको हो ?
आराजु राणा को सुन को पोते ले त कमसेकम यही बताउछ । 

केसी प्रकरण ले सत्ता बिपक्ष लाई मात्रै होईन समाज नै दुई चिरा मा बाड्यो ।
मन्त्री को जागिर गयो । नेताको आडम मनपरीबोल्ने दुर्गा प्रसाईहरु संरक्षित छन अझै ।साएद उनिहरु कानुन भन्दा माथी छन होला । या मार्सी चामलको माड मा कानुन नलाग्ने शक्ती छ, बुझिएन ।

संगै,दोश्रो पुस्ताका नेताहरुको विषय प्रतीको गाम्भिर्यता कस्ती रहेछ भन्ने पनि यो अनसनले देखायो ।
उनिहरु कस्त नेपाल बनाउलान  भन्ने यसै देखियो ।
त्यो गगन थापा हुन्, या योगेश भट्टरै व नबिना लामा ।
तरुण  दल को त के कुरा ।पर्टी सत्तामा हुँदा ठेक्का पट्टा , कमिसनको डिल ,सत्ता बाहिरा हुँदा सडकमा निषेधित क्षेत्रमा जुलुस ।के तीनले नियम मान्नु पर्दैन ?सरकार ले णिषेध गरेको ठाँउमा जबाराजस्ती गर्नु नै आन्दोलन हुन्छ ?
आशा गरौ
समग्र मुलुक बासी र मुलुक लाई फाइदा हुने मुद्दा या आन्दोलन मा अब राष्ट्रीय सहमती गरेर सबै दल हिड्ने छन ।
समृद्धी का लागि जुङ्गा को लडाई छोड्ने छन ।
न भए फेरी झुक्ने र ठडिने खेल लम्बिने नै छ

Comments