सुनतस्करी बारे गृहमन्त्री बादल:‘भुरा मार्दैछौं, ठूलापनि पर्छन'


को हुन ती ठूला ?

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन तस्करीमा संलग्न ‘माछा’ अर्थात तस्करहरु समात्ने काम जारी रहेको बताएका छन् । बुधवार गृहमन्त्रालय सम्हालेको १ सय दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले यस्तो बताएका हुन् । ‘माछा मार्ने काम जारी छ, अनुसन्धान जारी छ र यसमा भुरा र मझौला माछाहरु परेका छन्’ उनले भने, ‘आशा गरौं ठुला माछा पनि पर्न सक्छन् पर्नुपर्छ, एकजना माछा हिजोमात्रै फेला परेको छ, तिवारी कि के भन्ने ।’

केही दिनअघि भएको नेपाल प्रहरीको एसपी र डिएसपी बढुवा सिफारिसमा विभेद भएको भन्ने पत्रकारहरुको जिज्ञासामा गृहमन्त्री थापाले त्यस्तो विभेद नगरीएको दाबी गरेका छन् । ‘बढुवा विगतमा तलको माथि माथिको तल गराउँदा सुरक्षा संयन्त्र अस्तव्यस्त भयो, राजनीति प्रवेश गरेर सुरक्षा संयन्त्रलाई अस्तव्यस्त बनायो’ उनले भने, ‘अहिले हामिले त्यो गल्तिलाई सच्याउँने प्रयास गरेका छौं ।’

त्यस्तै समयममै निर्माण सम्पन्न नगर्ने जो–सुकै ठेकेदारलाई पनी कारवाही गर्न आफु पछि नपर्ने थापाले बताएका छन् । ‘समयमा काम पुरा गर्र्दैनन्, आफ्नो जिम्मेवारी पुरा नगरी कानुनको उल्लंघन गर्छन् भने राज्यले त्यसलाई अपराध मान्छ’ उनले भने, ‘समयमा काम पुरा नगर्ने जो–सुकै ठेकेदार चाहे घरवाला हुन् चाहे सांसद हुन सवैलाई कारवाही हुन्छ ।’

Comments