‘करप्ट भयो कि गयो। नो कम्परप्राइज:'ओली

 

 

पाटपुर्जा फेरेको मेसिन जस्तो भएर बाँचेको छु 

 

म दैनिक २० घण्टा काम गरिरहेको छु

 

ओलीले आफैँले लडेर ल्याएको लोकतन्त्र मास्छ भन्ने आरोप गलत भएको जिकिर गरे।

‘लोकतन्त्र हामीलाई कसैले उपहार दिएको विषय होइन। अरुले ल्याइदिएको स्वीकारेको होइन। हामीले लडेर ल्याएको हो’।

प्रदेश ३ को संसद बैठकमा ओलीले महाभारतमा गुरु द्रोणाचार्यले शिष्य अर्जुनलाई धनु विद्या सिकाउँदा 'के देख्यौ' भन्ने प्रश्नमा अर्जुनले ‘चराको आँखा’ भनेको प्रसङ्ग समेत आफ्नो कामका लागि जोड्न भ्याए।

‘हाम्रो ध्यान समृद्ध नेपाल सुखी नेपालीमा छ’, ओलीले आफ्नो अर्जुनदृष्टि  उल्लेख गरे। साथै सरकारले भ्रष्ट्राचारलाई देखि नसहने समेत दावी गरे।

‘आफु पनि गर्दिन अरुलाइ पनि गर्न दिन्न’, ओलीले भने, ‘करप्ट भयो कि गयो। नो कम्परप्राइज।‘

Comments