गायक तथा गीतकार रमेश आशुको लोक गीतको एल्बम ‘एयरपोर्टमा बास’ सार्वजनिक भएको छ ।

पुनम अडियो भिडियो सोलुशनले उत्पादन तथा वितरण गरेको गीतमा रमेश आशु र कमला गैरेको स्वर रहेको छ । दीपु क्षेत्रीको लय रहेको सो गीतका शब्द रमेश आशुले नै लेखेका हुन् ।

मोडल विमल अधिकारी र पूजा गुरुङको अभिनय रहेको गीतमा मदन खड्काले निर्देशन गरेका छन् । त्यस्तै टंक केसीको छायांकन तथा विकास ज्ञवालीको सम्पादन रहेको गीत म्युजिक नेपालले युटुबमार्फत् सार्वजनिक गरेको हो ।

सेन्टिमेन्टल रसको सो गीत युटुबमार्फत् सार्वजनिक भएसँगै दर्शक तथा स्रोताले निकै रुचाएका छन् ।
 

Comments