भृंगेश्वरी म्युजिक प्रालिको प्रस्तुतीमा ‘अभागी सिन्दुर’ नामक गिती एल्बम सार्वजनिक भएको छ । ईश्वर सुवेदीको निर्माण रहेको उक्त एल्बममा रामकुमार बस्नेत र लक्ष्मी परियारको स्वर रहेको छ । त्यस्तै लोकेन्द्र प्रकाश ओलीको लय रहेको गीतको शब्द लोकेन्द्र प्रकाश ओली र कोपिला प्रसाईँको रहेको छ ।
भृंगेश्वरी म्युजिक प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका गायक रामकुमार बस्नेतले नै अभिनय गरेको गीतको निर्देशन मदन खड्काले गरेका छन् । सो गीतमा रामकुमारलगायत ईश्वर र कोपिलाकोसमेत अभिनय रहेको छ ।
भावुक शब्दहरु रहेको गीतको छायांकन टंक केसीले गरेका हुन् । युटुबमार्फत् सार्वजनिक भएको उक्त गीत दर्शक स्रोतामाझ निकै लोकप्रिय बन्न सफल भएको छ ।

Comments