नेपाली म्युजिक भिडियोको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चित निर्देशक तथा मोडल शिशिर श्रेष्ठको  निर्देशन तथा अभिनयमा 'तिम्रो र मेरो' गीतकाे भिडियाे सार्बजनिक भएको छ ।

चर्चित गायक टंक बुढाथोकीको आवाजमा बजारमा आएको उक्त गीतमा उत्तम भण्डारीको शब्द रहेको छ भने संगीत  पनि टंक बुढाथोकीकै रहेको छ । बहुचर्चित छायांकार मुकेश हुमागाईले छायांकन गरेका छन भने बहुचर्चित सम्पादक अमृत चापागाईको सम्पादन रहेको छ ।

भिडियोमा  चर्चित मोडल शिशिर श्रेष्ठ  र  सबिना कार्कीको दमदार अभिनय देख्न सकिन्छ । दृश्य निर्माण जनता डिजिटल $ फिल्मले गरेको छ  ।

Comments