\"\"

 

सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा मंगलबार सुरु भएको छ ।

नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरवात गरिन्छ ।

\"\"

काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार र निशान राखिन्छ ।

बिस्केट जात्राको पहिलो दिन तौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणबाट भैरवनाथ र भद्रकालीको रथ क्वने र थनेका बासिन्दाले रथको अगाडि र पछाडिबाट तानातान गरेर आआफ्नो टोलतर्फ लैजाने परपम्परा छ ।

Comments