बिट्रिस काउन्सीलले साउथव्याङ्क लण्डनको सहकार्यमा काठमाडौंमा बिश्व महिला उत्सव आयोजना गर्ने भएको छ ।

नेपाल र दक्षिण एसियाका महिलाका लागी लैङिक समानताका लागी आवाज उठाउन उत्सव आयोजना गर्न लागिएको आयोजक बिट्रिस काउन्सीलले आईतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । यसअघि यो उत्सव कराची र कोलम्वोमा सम्पन्न भईसकेको छ । आगामी फाल्गुन ५ गते ललितपुरको पुल्चोक क्याम्पसमा उत्सव आयोजना गरिने र त्यसपछि बंगलादेशमा आयोजना गरिने आयोजकले जनाएको छ ।

Comments